समाज

तानियाे इन्द्रजात्राको लिंगो

इन्द्र जात्राकाे लागि काटिएकाे लिंगाे काठमाडाैँ लगिँदै । तस्बिर: कृ्ष्ण किसी

भक्तपुर – काठमाडौँमा मनाइने इन्द्रजात्राको लागि आवश्यक लिंगो भक्तपुरबाट ल्याइएको छ । भक्तपुरको चित्तपोलस्थित लिंगो बनबाट लिंगो काटेर तानेर विहीबारदेखि ल्याउन सुरु गरिएको हो ।

लिंगोलाई अरनिको राजमार्ग भएर तान्दै काठमाडौँ पुर्‍याउने चलन छ । हरेक वर्ष भाद्र शुक्ल चौथीका दिन इन्द्रजात्राको लागि आवश्यक लिंगो यही ठाउँंबाट तानेर काठमाडौँ पुर्‍याइँदै आइएको छ । 

ऐतिहासिक र धार्मिक महत्व बोेकेको काठमाडौँको इन्द्रजात्रा पर्वका लागि चाहिने लिंगो बिहीबार तानिएको हो । बुधबार राति ८ः०३ बजे पुजा आजा गरी लिङ्गो ढाल्न सुरु गरिएको थियो । उक्त लिङ्गो बिहीबार बिहानैदेखि चित्तपोलस्थित सल्लाघारी वनबाट तान्न सुरु गरिएको हो । लिंगोलाई आजभोलि नै तानेरै काठमाडौँ पुर्‍याउने चलन छ । 

लिङ्गो ढाल्नका लागि काठमाडौँस्थित मानन्धर समूहले स्थानीय जयकृष्ण न्हेमाफुकी र आसकुमार नेमाफुकीलाई ठेक्कामा दिएको थियो । ठेक्का पाएपछि ३४ हाते लामो लिङ्गो स्थानीय १ सय ५ जना व्यक्तिहरूलाई काममा लगाई तान्न लगाइएको जयकृष्ण न्हेमाफुकीले बताए।

नेपाल भाषामा ‘योसीं’ भनिने ‘इन्द्रध्वजोत्थान’लाई शुभमंगल सूचकका विभिन्न चिह्न राखेर ध्वजापताका झुन्ड्याएको छ । लिंगोलाई ध्वजापताकासहित सिँगारेर उठाउनुलाई इन्द्रध्वजोत्थान भनिन्छ । राजा जयप्रकाश मल्लको प्रतीकका रूपमा रहेको राज खड्गलाई झल्लरले ओढाई ‘इन्द्रध्वजोत्थान कार्यक्रममा उपस्थित गराइने परम्परा छ। 

प्रकाशित: ८ भाद्र २०७४ ११:५२ बिहीबार

तानियाे इन्द्रजात्राको लिंगो