समाज

बाढी पहिरो पीडितलाई राहत बाँड्दै 'धुर्मुस'

सिन्धुली- धुर्मुस सुन्तली फाउन्डेशनले सिन्धुलीका पहिरो पीडितलाई नगद सहित राहत हस्तान्तरण गरेका छन्। फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले पहिरोबाट श्रीमती सहित चार सन्तान गुमाएका कमलामाई ६ गैरीबजार बस्दै आएका उदयबहादुर खड्कालाई राहत सामाग्री हस्तान्तरण गरेका हुन्।

                तराईका विभिन्न जिल्लाका बाढी प्रभावितहरुलाई राहत वितरण गरिरहेका सितारामले गत साउन २८ गते पहिरोबाट श्रीमतीसहित चार सन्तान गुमाएर कोखै रित्तिएका खड्कालाई नगद चालिस हजार सहित लत्ताकपडा, खाद्यन्न सिरक ढस्ना झुल लगाएका सामाग्री हस्तान्तरण गरे । परीवारका सबै गुमाउनु ठूलो पीडा हो, उनले भने–‘खड्का परीवारलाई परेको पीडामा केहि सहयोग गरौ भनेर हामी आएका हौं, उनले भने। विपदमा कोही आउँदानै सहारा हुन्छ भन्ने लाग्यो, हास्यव्यङग्य कलाकार समेत रहेका सितारामले भने–‘प्रकृतिले दिएको दुखमा मानविय धर्म निर्वाह गरेका छौ ।’ मैले सहयोग गरेको नगद पुर्नस्थापनाका लागि हो, उनले भने–‘तर देशभरको पीडालाई राज्यलनै तत्काल ध्यान दिनुपर्छ । पहिरो गएर घर पुरेकै स्थानमा पुगेका कट्टेलले तत्काल सरकारले बाढी पहिरो रोकथामका लागि दिर्घकालीन योजना नबनाए यस्ता घट्ना दोहोरीन सक्ने जनाए । बाढी पहिरो रोक्न सरकारले रोडम्याप बनाउनुपर्छ, उनले भने–‘रोडम्याप नहुदा बर्षेनी यो समस्या आएको छ।’

                गत साउन २८ गते बिहान करिब २ बजेको मुसलधारे बर्षासँगैको पहिरोमा परि कमलामाई ६ मा बस्दै आएका ३२ बर्षिय दुर्गाकुमारी खड्का उनकी १५ वर्षीया छोरी शोभा खड्का, १० वर्षीय छोरा अनिश खड्का र अर्का ८ बर्षिय छोरा मनिश खड्काको घट्नास्थलमै मृत्यु भएको थियो । सदरमुकामको माढी बजारस्थित नेपाल पत्रकार महांसघ सिन्धुलीको जमिनमा सामान्य टहरो बनाई खड्का परिवार बस्दै आएको थियो । मजदुरी गरेर परीवारसँगै घरमा सुतेका खड्का परीवामा उदयबहादुर खड्का भने भागेर बाच्न सफल भएका थिए । जिल्ला प्रहरी कार्यालय र नेपाल पत्रकार महासंघकोबीच भागमा रहेको जमिनमा उनले टहरो बनाई बसेका थिए । तर नेपाल प्रहरीको आवास गृह बनाउनेक्रममा घडेरी सम्याउँदा उनको टहरो माथि भित्तामा माटो थुप्रिएको र सोही माटो झरेर पहिरोले पुरेको स्थानीयले बताउँदै आएका छन्। 

प्रकाशित: ६ भाद्र २०७४ १२:०८ मंगलबार

बाढी पहिरो पीडितलाई राहत बाँड्दै धुर्मुस