समाज

करेन्ट लागेर एकको मृत्यु

पाल्पा- रैनादेवीछहरा गाउँपालिका–२, सोमादीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। फ्युज जडान गर्ने क्रममा करेन्ट लाग्दा सोमादी कोकलधाराका ३५ वर्षीय खुमबहादुर रेस्मीको मृत्यु भएको हो।

सोमबार विद्युत ट्रान्सफर्मर बनाउन पोलमा चढेका रेस्मीलाई करेन्ट लागेको थियो। गाउँमा लगातार विद्युत अवरुद्ध भैरहेको भन्दै उनले आँफै पोलमा चढेर विद्युत बनाउने प्रयास गरेको बताईएको छ। करेन्ट लागेर घाईते भएका खुमबहादुरको उपचारका क्रममा युनाईटेड मिशन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

आफ्नै घरनजिकैको पोलबाट विद्युत फ्युज भएपछि उनी फ्युज जडान गर्न लागेको समयमा साँझ ६ बजे करेन्ट लागेर भुईमा लडेका थिए। स्थानीयले उनलाई उपचारका लागि सदरमुकाम तानसेन पुर्‍याएका थिए।

प्रकाशित: ६ भाद्र २०७४ ०७:०८ मंगलबार

करेन्ट लागेर एकको मृत्यु