समाज

खोलाले बगाएर वडा सदस्यको मृत्यु

डडेल्धुरा – डडेल्धुराको भित्रिमधेश क्षेत्रको पर्शुराम नगरपालिकाको पुन्तुरा खोलामा बगेर एक जना वडा सदस्यको मृत्यु भएको जोगबुढा प्रहरीले जनाएको छ। 

जोगबुढा बजारबाट घर जाने क्रममा आइतबार राति ८ः३० बजेतिर पुन्तुरा खोलाले बगाउँदा वडा नं ६ का वडा सदस्य ४५ वर्षीय नरवबहादुर धामीको मृत्यु भएको हो। 

पर्शुराम नगरपालिका वडा नं ६ सरकुडा घर भएका धामीलाई खोला तर्ने क्रममा खोलाले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ। 

खोलाले बगाएका धामीको शव बगेको स्थानबाट करिब एक किलोमिटर तल सोमबार बिहान भेट्टाएको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ । रासस 

प्रकाशित: ५ भाद्र २०७४ ०९:५० सोमबार

खोलाले बगाएर वडा सदस्यको मृत्यु