समाज

नाराबाजी गर्ने पाँच युवा पक्राउ

वीरगञ्जमा गृहमन्त्री नारायणकाजी श्रेष्ठविरुद्ध नाराबाजी गर्ने पाँच युवा पक्राउ परी रिहा भएका छन्।

जिल्ला प्रशासन कार्यालय पर्साको नवनिर्मित भवन उद्घाटन गर्न वीरगञ्ज आइपुगेका गृहमन्त्री नारायणकाजी श्रेष्ठविरुद्ध कालो झन्डा देखाई विरोध र नाराबाजी गर्ने पाँच जना हिन्दु युवालाई पर्सा प्रहरीले आइतबार बिहान पक्राउ गरेको थियो। पक्राउ पर्नेमा स्थानीय युवा प्रज्ज्वल डंगोल, मुन्ना गुप्ता, विशाल गुप्ता, राजा गुप्ता र जितेन्द्र सर्राफ रहेको हिन्दु स्वयंसेवक संघले जनाएको छ। 

प्रकाशित: ११ भाद्र २०८० ०१:२० सोमबार

गृहमन्त्री नारायणकाजी श्रेष्ठविरुद्ध नाराबाजी गर्ने पाँच युवा पक्राउ हिन्दु स्वयंसेवक संघ