समाज

सपनामा देखेको चित्र काष्ठकलामा उतार्ने भक्तबहादुर

विभिन्न आकृतिका। तस्बिर गोल्डेन बुढा जुम्ला ।

पुर्खाले सिकाएको डकर्मी पेसालाई ६० वर्षीय भक्तबहादुर सार्कीले काष्ठकलामा परिणत गर्दै आएका छन्। जुम्लाको चन्दननाथ नगरपालिका ( ४ सिंगाचौरका सार्की यतिवेला पुर्ख्यौली डकर्मी पेसा छाडेर काष्ठकला रोजाईमा परेको हो। 'केही वर्ष पुर्खाले गरेको डकर्मी पेसा गरेँ, त्यसैबाट घरपरिवार चलाएँ,' सार्कीले भने, 'अहिले काष्ठकला गर्दै आएको छु।]

घरेलु विकास समितिमा काष्ठकला उद्योग दर्ता गराएर १२ वर्षदेखि उनी यही पेसामा छन्। कलाको ज्ञान उनी सपनाबाट लिन्छन् भन्दा अनौठो लाग्छ।  'राति सपनामा देखेको तस्बिर म जस्ताको तस्तै काष्ठकलामा उतार्छु,' उनले दाबी गरे, 'मलाई काष्ठकलाप्रति उत्प्रेरित गर्न सपनामा आएर देवीदेवताले ज्ञान दिने गरेका छन्। आफुले पुजापाठ गर्ने बाबिरो देवीदेवताले, सपनामा तीन महिनासम्म तालिम दियो, त्यही सपनामा देखेको चित्र विपनामा उतार्ने गरेको छ।'

१२ वर्षदेखि काठमा कला बनाउँदै आएका भक्तबहादुरले पहिला राष्ट्रिय जनावर गाई, डाँफे, शान्तिको प्रतीक परेवा, च्याखुरा, काग, कालिज, चिल, बाघ, सिंह, हनुमान, सरस्वतीलगायत सयौँ प्रकारका काष्ठकला निर्माण गरे। आजभोलि शिव, पार्वती, देविदेवता, बच्चा समातेको महिला ,दुर्गामाता भगवती, गणेश, रेडपाणड, हनुमान तस्बिरहरु बनाउँछन्। सिमेन्ट र काठबाट बनाउने गरेको सुनाए।  

'सिमेन्ट, बालुवा गिडि सामाग्री भए, तीन दिन भित्र निर्माण गर्न सकिन्छ, काठ बाट १ हप्ता सम्म समय लाग्छ। उनले भने, 'जुनसुकै काठ भए पुग्छ, सिमेन्टबाट निर्माण गरिने तस्बिरहरू हातले मात्रै बनाउँछु, काठको औजारबाट हातबाट बनाउँछु।'  

सार्कीका अनुसार शिव र पार्वती २५ हजार, गणेश ७ हजार, देविदेवाता ९ हजार, बच्चा सहितको महिला ७ हजार, भगवती तस्बिर ७ हजार, हनुमान १५ हजार, ५ हजारमा रेडपाण्डा बेच्दै आएको उनको भनाइ छ।  

'अहिले १ महिना अगाडिदेखि अडर हुन्छ,' उनले भने, 'पैसा  सिधै खातामा आउछ'। बार्षिक १ लाखदेखि ४ लाखसम्म आम्दानी हुन्छ, उनी दमरोगका बिमारी छन्, स्वास्थ्य उपचार गर्ने ठिकै छ, १ महिनाको अनिवार्य काठमाडौ जानुपर्छ, यता तीन छोराबुहारी, ५ नातिनातिना र बुढा बुढी सहितको घरखर्च चलाउन ठिकै छ।  

उनले काष्ठकलाका लागि साविकको घरेलु तथा साना विकास उद्योगदेखि सरकारबाट पुरस्कारसमेत पाएको बताए। ८ लाख र काष्ठका सामाग्रीहरु निमार्णमा गर्न आवश्यक पर्ने कटर मेसिन ,ड्रिल मेसिन लगायतका सामाग्री सहयोग गरेको थियो।  उनले घरेलु तथा साना उद्योग विकास समिति प्रधान कार्यालय त्रिपुरश्वरले नगद १० हजार तथा सम्मानपत्रले सम्मान पाएका छन्। 

देउताले काष्ठकला बनाउन भनेपछि सपनामै देखेको चित्र पहिलोपटक राष्ट्रिय जनावर गाई बनाएका सार्की अचेल त्यही गाईको मूर्तिलाई हरेक दिन पूजा गर्ने गरेको बताउँछन्। '१५ हजार दिने ग्राहक जुटेका थिए। तर, त्यो मूर्ति बिक्री गरिनँ,' उनले भने, 'सपनामा देखिएका देउताका कारण पहिलोपटक बनाएको काष्ठकला बिक्री गर्न मनले मानेन ।अनि पूजा गर्न थालेँ'

उनले,सयौँ काष्ठकलाका सामग्री बनाए । तर, जुम्लामा निर्माण गरिएका कलाकृति बिक्री गर्न भने मुस्किल परेको सार्कीले बताए। बिक्रीका लागि बजार नभएकाले बिक्रीमा समस्या भएको उनले बताए। यद्यपि, यो अवधिमा उनले करिब  १० लाख मूल्यबराबरका मूर्ति बेचिसकेको बताए। स्थानीय स्तरमा उपलब्ध सल्लाका काठहरुबाट उनले विभिन्न आकृतिका सामाग्रीहरु तयार गर्ने गर्दछन।उनले निमार्ण गरेका काठका सामाग्रीहरुकाठमाण्डौ ,सुर्खेत,नेपालगन्ज,हुम्ला,कालिकोट,बुटवल स्थानहरुमा समेत जाने गरेको सार्कीको भनाई छ।

प्रकाशित: १० भाद्र २०८० ०८:२९ आइतबार

सपनामा देखेको चित्र काष्ठकला