समाज

डा. केसीले अनशन स्थगित गर्दै

काठमाडौं-  अनशनकै बीचमा ठूलो बाढीपहिरोबाट देशभर जनधनको क्षति भएको खबर सुनेसँगै डा. गोविन्द केसीले अनशन स्थतित गर्ने सम्भावना रहेको छ। सोमबार मात्र बाढीले पर्याएको क्षति सुनेपछि डा. केसी अनशन स्थलमा अचानक डाँको छाडेर रोएका थिए। यसअघि केसीले देशविदेशमा आइपर्ने जस्तोसुकै मानवीय विपत्तिमा पुगेर निःशुल्क उपचार तथा राहत वितरण गर्दै आएका थिए। केसीले अनशन अन्त्य नगरी स्थगित गर्ने सम्भावना रहेको र यो बीचमा माग पुरा नभए बाढी पीडितको अवस्था समान्य भपछि पुन अनशन बस्ने केसी निकट स्रोतले बतायो।

स्रोतका अनुसार आज साँझ बस्ने मन्त्रिपरिषद बैठकले केसीलाई अनशन स्थगित गर्न आग्रह गर्ने छ। सरकारले एलओआइ पाएका कलेज खरिद गर्न समेत समिति बनाउने तयारी थालेको छ।

केसीले सबै जनालाई बाढी पीडितको उद्वार र सहयोगमा लाग्न समेत आव्हान गरेका छन्।  

यस अघि सरकारले आइओएममा रिक्त रहेको पूर्णकालिन सहायक डिनमा नियुक्ति गरिसकेको छ। आइएएमको खोसिएको अधिकार फिर्ता गर्न त्रिभुवन विश्वविद्यालय सहमत भएको पत्र प्राप्त हुनुलाई केसीले सकारात्मकरुपमा लिएका छन्।

 

 

प्रकाशित: ३१ श्रावण २०७४ १३:०४ मंगलबार

डा. केसीले अनशन स्थगित गर्दै