समाज

ललिता निवास जग्गा प्रकरणः २९० जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता

फाइल तस्बिर

बालुवाटारस्थित ललिता निवासभित्रको सरकारी जग्गा कागजात किर्ते गरी व्यक्तिको नाममा पुर्‍याएको भन्दै चार पूर्व मन्त्रीसहित २९० जनाविरूद्ध अदालतमा मुद्दा दायर भएको छ।

आईतवार काठमाडौं जिल्ला अदालतमा दायर गरेको किर्तेसम्बन्धी मुद्दामा २९० जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको हो।

त्यस्तै ललिता निवास जग्गा प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले ५२ जनाबाट जग्गा जफत गर्न मागदाबी गरेको छ। उनीहरुमाथि किर्तेको अभियोग भने छैन, तर किर्ते कामबाट जोडिएको जग्गा किनेकाले त्यो जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको छ।

बालुवाटारस्थित ललिता निवासभित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)  ले करिब १८ अर्ब रूपैयाँ नोक्सानी ठहर गर्दै किर्ते तथा संगठित अपराध अनुसन्धान प्रतिवेदनमा २८६ जनालाई प्रतिवादी बनाएको थियो।

सरकारी वकील कार्यालयले सञ्चार सचिव कृष्ण बहादुर राउत, दाङका प्रमुख जिल्ला अधिकारी सुशिल वैद्य,सीपीका खेतान लगायतलाई थपेर  २९० जनालाई  प्रतिवादी बनाएको छ।  

प्रकाशित: १० भाद्र २०८० ०७:३३ आइतबार

ललिता निवास