समाज

सन्दीपविरूद्धको मुद्धा न्यायाधीश पण्डितको इजलास

क्रिकेट खेलाडी सन्दीप लामिछाने विरुद्धको मुद्दा आज जिल्ला अदालत काठमाडाैंमा सुनवाइ हुँदै छ । आज सन्दिपकाे मुद्धा न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५ नम्बर इजलासको ५ नम्बर सूचीमा पेसी चढेकोे छ।  

यसअघि लामो समयदेखि पेसी चढ्ने, तर आदेश गरेर सर्दै आएको थियो। अघिल्लो पेसीमा पनि पीडितकी आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश दिएको थियो। आजको पेसीमा थप कुनै आदेश नभए फैसला केन्द्रित सुनुवाइ गर्ने अपेक्षा गरिएको छ।  

१८ वर्षभन्दा कम उमेरकी महिला (किशोरी) माथि करणी गरेको कसुरमा सन्दीपलाई १२ वर्ष कैद सजायको मागदाबी गरिएको छ । सन्दीपबिरुद्ध मुलुकी अपराध संहीता, २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा (३) को देहाय (घ) अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ। उक्त कसुरअन्तर्गत १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।

गत वर्ष भदौ ५ गते  बलात्कार गरेको आरोपमा भदौ २१ गते उनीविरुद्ध जाहेरी दर्ता भएको थियो । उनी पक्राउ पुर्जी जारी भएको एक महिनापछि असोज २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए। सुनवाइको अघिल्लो दिन जाहेरीकर्ता गौशाला २६ भने अस्पताल भर्ना भएकी छन् । उनले औषधिको बढी डोज सेवन गरेको बताइएको छ ।

प्रकाशित: १० भाद्र २०८० ०५:४२ आइतबार

सन्दीपको मुद्धा न्यायाधीश पण्डितको इजलास सन्दीपको मुद्धा