बारा- केही दिनदेखि निरन्तर भइरहेको वर्षाको कारण खोलानालामा पानीको सतह बढेपछि बाराका विभिन्न स्थानमा गरी १२ सय घर डुबानमा परेका छन्। कलैया उपमहानगरपालिका, सिम्रौनगढ नगरपालिका, जितपुर सिमरा उपमहानगरपालिका, देवदाल गाउँपालिका, सुवर्णपुर गाउँपालिकालगायतका स्थानमा डुबान समस्या देखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
बाराका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले घर डुबानमा परेपछि चार हजार मानिस विस्थापित भएको बताए। उनीहरुलाई राहत पुर्याउन सुरक्षाकर्मी परिचालन गरिएको उनले जानकारी दिए।
बाढीले गर्दा राजमार्गका विभिन्न पुलमा क्षति पुगेकेा छ। बाढीले पूर्व–पश्चिम राजमार्गमा पर्ने दुधौरा खोलाको पुल र पथलैया-हेटौडा सडक खण्डमा पर्ने तीन नम्बर पुल भासिएको छ भने निजगढ नगरपालिकामा पर्ने धनसर खोलाको पुलको पश्चिम भागको सडक बगाएको छ।
प्रमुख जिल्ला अधिकारी मान्नधरले तीन नम्बर पुल भासिनुको साथै सो सडक खण्डको ठाउँठाउँमा बाढीले ढुंगा थुपारेपछि हटाउने कार्य गरिएको बताए।
केही दिनदेखि निरन्तर भइरहेको वर्षाको कारण खोलानालामा पानीको सतह बढेपछि बाराका विभिन्न स्थानमा गरी १२ सय घर डुबानमा परेका छन्। कलैया उपमहानगरपालिका, सिम्रौनगढ नगरपालिका, जितपुर सिमरा उपमहानगरपालिका, देवदाल गाउँपालिका, सुवर्णपुर गाउँपालिकालगायतका स्थानमा डुबान समस्या देखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।बाढीले घरविहीन भएका स्थानीयलाई राहत पुर्याउन राजनीतिक दलका कार्यकर्ता सक्रिय बनेका छन्।
असोज २ को स्थानीय तह चुनाव नजिकिँदै गरेको अवस्थामा समस्यामा परेका सर्वसाधारणलाई राहत सामग्री वितरण गरी राम्रो काम गरेको देखाउन कांग्रेस, एमाले, माओवादी, संघीय समाजवादीलगायत पार्टीका स्थानीय नेताकार्यकर्ता राहत वितरणमा जुटेका छन्।
प्रकाशित: ३१ श्रावण २०७४ ०२:२२ मंगलबार