समाज

नेपाली सेनाको २१ सय जनाको विशेष उद्दार टोली सक्रिय

काठमाडौं– अविरल बर्षाका कारण तराई–मधेसको बाढी तथा पहाडी जिल्लामा गएको पहिरोका घटनामा नेपाली सेनाले करिव २१ सयको उद्धार टोली खटाएको जनाएको छ। उद्धार टोली आवश्यक उद्धार सामाग्री सहित निरन्तर रुपमा सक्रिय रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। 

आइतबार झापामा सेनाको उद्धार टोलीले सिवसतासी नगरपालिका ४ मा डुवानमा परेका २ सय ६८ जना र सुनसरीका विभिन्न स्थानमा डुवानमा परेका ५ सय ५० जनालाई सुरक्षित स्थानमा सारेको जनाएको छ । सेनाले सोमबार दिनभरिमा देश भरिका विभिन्न स्थानमा डुवानमा परेका करिव एक हजार भन्दा बढी व्यक्तिहरुलाई उद्धार गरेको जनाएको छ ।

त्यसैगरि, बारामा उद्धार टोलीले लालबकैया खोलामा बाँध निर्माणमा सहयोग गर्नुको साथै चुरियामाई ईलाका र मकवानपुर जिल्लामा तैनाथ युनिटबाट खट्टिएका उद्धार टोलीले भीमफेदी (गुप्तेश्वर) ईलाकामा पहिरोबाट अवरुद्ध भएको सडक खुलाएको छ। चितवन जिल्लाको जगतपुर ईलाकामा फसेका करिव ३०० जना विद्यार्थीहरुलाई हेलिकप्टरमा गएको विशेष उद्धार सामाग्री सहितको टोलीले उद्धार कार्य गरि रहेको छ ।

खोज तथा उद्धारकै क्रममा बाँकेमा डुवानका कारण विस्थापित भएका जनताहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यमा नेपाली सेना जुटेको निर्देशनालयले जनाएको छ। बैजपुर र फत्तेपुर लगायतका इलाकामा खाद्यान्न सामाग्रीहरु वितरण गरेको छ भने सल्यानमा उद्धार टोलीले पहिरोमा पुरिएको गाडीबाट एक जनाको शव निकाल्न सहयोग गरेको जनाएको छ।

 

 

प्रकाशित: २९ श्रावण २०७४ १३:३९ आइतबार

नेपाली सेनाको २१ जनाको विशेष उद्दार टोली सक्रिय