समाज

युवा दिवसमा सम्वृद्धिका योजना राख्ने तीन युवा पुरस्कृत

काठमाडौं-  युवा दिवसको अवसरमा राष्ट्रिय युवा परिषदले आयोजना गरेको भिजन लेखन प्रतियोगितामा उत्कृष्ट तीन जना पुरस्कृत भएका छन्।  

प्रतियोगितामा प्रदीप भट्टराई प्रथम, रौनिक अर्याल दोस्रो र सुवास रिसाल तेस्रो भएका थिए। उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पुरस्कार सहित सम्मान गरिन्। प्रथम हुनेलाई नगद ५० हजार, दोस्रो हुनेलाई ३० हजार र तेस्रो हुनेलाई २० हजार नगद प्रदान गरिएको थियो।

प्रथम हुने भट्टराईले ग्रामिण क्षेत्रमा गुणस्तरीय शिक्षा इन्टरनेट मार्फत कसरी प्रदान गर्न सकिन्छ भन्नेबारे आफ्नो प्रस्तुति दिएका थिए। यस्तै अर्यालले काठमाडौं सहरलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्नेबारे आफ्नो धारणा राखेका थिए। उनले राजधानीको फोहोर मैला व्यवस्थापन देखि ट्राफिक व्यवस्थापन सम्मका विषयमा आफ्नो योजना राखेका थिए। अर्याल सामाजिक क्षेत्रमा समेत सक्रिय रहँदै आएका छन्। उनले ग्रामिण क्षेत्रका वालवालिकाको शिक्षामा योगदान दिँदै आएका छन्। अर्यालले आफ्नो पुरस्कारको आधा रासी अनाथ वालवालिकाको लागि खर्च गर्ने बताए।

रिसालले फोहोर मैला व्यवस्थापनबारेमा लेखेका थिए। प्लाष्टिक जन्य फोहोरलाई कसरी व्यवस्थित गर्नेबारे उनले आफ्नो योजना प्रस्तुत गरेका थिए।

 

प्रकाशित: २९ श्रावण २०७४ १०:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App