घविराटनगर- दुई दिनदेखि लगातार परिरहेको भारी बर्षाले विराटनगर महानगरपालिकाको घरघरमा घुँडासम्म पानी जमेको छ। लगातारको बर्षाले सर्वसधारणको जनजिवन कष्टकर बनेको छ। घरमै पानी पसेको बस्न र खानाको समस्या छ। अहिले केहीबेर अघिबाट भारी बर्षा हुने क्रम रोकिएको छ। सिमसिम पानी भने परिरहेको छ। भारी बर्षा रोकिएपछि डुवान क्षेत्रमा पानीको सतह कम भइरहेको छ। विराटनगरको हरेक वडा डुवानमा छ।
१७ को मृत्यु, १६ बेपत्ता
अविरल वर्षाले झापामा २, मोरङमा ५, सुनसरीमा ८ जना, पाँचथरमा १ र तेह्थुममा १ जनाको मृत्यु भएको पूर्व क्षेत्र प्रहरी कार्यालय, विराटनगरले जनाएको छ। सो कार्यालयका अनुसार बाढी–पहिरोमा परी पाँचथरमा ३, झापामा ४, मोरङमा ३, सुनसरीमा ५, सप्तरीमा १ जना बेपत्ता छ।
प्रकाशित: २९ श्रावण २०७४ ०५:५० आइतबार