समाज

स्थानीय तहमा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी

सिन्धुलीका स्थानीय तहमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासमा उजुरीको चाङ लागेको छ।

जिल्लाका स्थानीय तहमा सरकारी अख्तियारीको दुरुपयोग भएको भन्दै उजुरी परेको अख्तियार कार्यालय बर्दिबासले जनाएको छ।

सिन्धुलीबाट परेको ४९ ओटा उजुरीमध्ये ४१ ओटा उजुरी स्थानीय तहको भएको अख्तियार कार्यालय बर्दिबासले जनाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासद्धारा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन  सम्बन्धी स्थानीय तह स्तरीय अन्र्तक्रिया कार्यक्रममा अख्तियार कार्यालयका उपसचिव कृष्णप्रसाद हुमागाईले स्थानीय तहको उजुरी बढ्दै गएको बताए।

आर्थिक वर्ष ०८०।०८१ को साउन मसान्तसम्मको सुरुवाती चरणमै ४९ ओटा उजुरी परेको कार्यालयले जनाएको छ। ४९ मध्ये १ उजुरी मात्रै फस्र्यौट भएको छ भने ४८ ओटा उजुरी अनुन्धानकै क्रममा रहेको कार्यालयले जनाएको छ। फस्र्यौट भएको उजुरी कमलामाई नगरपालिकाको रहेको छ। कमलामाई नगरपालिकाको ४ ओटा उजुरीमध्ये १ ओटा फस्र्यौट भएको र तीन ओटा अनुसनधानकै क्रममा रहेको कार्यालयले जनाएको छ। दुई नगरपालिका र सात गाँउपालिका रहेको सिन्धुलीको सबैभन्दा बढी तीनपाटन गर गोलञ्जोर गाँउपालिकामा भ्रष्टाचार भएको भन्दै उजुरी परेको छ। तीनपाटनमा एक महिनामै ९ ओटा उजुरी परेको छ भने गोलञ्जोरमा ८ ओटा उजुरी परेको अख्तियार कार्यालय बर्दिबासले जनाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासमा गत आर्थिक वर्षको ११ सय ४७ र चालु आर्थिक वर्षको साउन मसान्तसम्म ३ सय १३ गरि जम्मा १४ सय ६० उजुरी परेको छ। जसमध्ये १ सय १३ उजुरीको फस्र्यौट भएको छ भने १३ सय ४७ उजुरीको फस्र्यौट हुन बाकी रहेको छ। अख्तियारमा परेको उजुरीमध्ये ८० प्रतिशत उजुरी स्थानीय तहकै विषयमा परेको अख्तियार कार्यालय बर्दिबासका प्रमुख हुमागाईले जनाए।  

प्रकाशित: ८ भाद्र २०८० ११:१२ शुक्रबार