समाज

कुलाले बगाउँदा एक महिलाको मृत्यु

कपिलवस्तुको वाणगंगामा कुलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ। वाणगंगा नगरपालिका-८ ढोडेकालेस्थित वाणगंगा नदीबाट सिंचाइका लागि बनाइएको कुलोमा बिहीबार माछा मार्ने क्रममा डुबेर अन्दाजी ५० वर्षीया गुड्डी थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ।

इलाका प्रहरी कार्यालयका अनुसार मृतक महिलाले बिहीबार बिहानको समयमा कुलोमा माछा मार्ने क्रममा बगाएको थियो। उनको शव झण्डै एक किलोमिटर तल फेला परेको हो। शव परीक्षण गरी परिवारको जिम्मा लगाइएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ८ भाद्र २०८० ०६:४५ शुक्रबार

कपिलवस्तुको वाणगंगा इलाका प्रहरी कार्यालय पिपरा