समाज

जिल्लाका कच्ची सडक सबै अवरुद्ध

गुल्मी- अबिरल वर्षाका कारण आएको पहिरोले जिल्लाका ग्रामिण क्षेत्रका सबै सड्कहरुमा आवागमन अबरुद्ध भएको छ। शुक्रबार रातिदेखि जिल्लाभर परेकेा अविरल बर्षाका कारण जिल्लाका ग्रामिण क्षेत्रका सबै सड्कहरु बन्द भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार केही मुख्य सड्कहरु खुलाउने प्रयास भइरहेको भए पनि डोजर चलाउन समेत कठिनाई भएकाले ग्रामिण क्षेत्रका सड्कहरु कतिबेला सुचारु हुने भन्ने अन्यौल रहेकेा छ। जिल्लाको सबैभन्दा बढी यातायातका साधनहरु चल्ने रिडीरुद्रवेणी–वामीटक्सार सडक खण्डमा साना ठूला गरी २ दर्जनभन्दा बढी स्थानहरुमा पहिरो गएको प्रहरीले जनाएकेा छ।

त्यस्तै जिल्लाका मुख्य सडकखण्डहरु तम्घास–सिमलटारी, छल्दी–रातडाडाँ–इन्द्रगौडा, वडागाउँ–मुसिकोट–पौदीअमराई, सेउघा–सिमाघाट–पुर्कोटदह, चोरकाटे–रुपाकोट–शान्तिपुर सड्कखण्डमा पनि विभिन्न स्थानहरुमा पहिरो गएको छ। पहिरोका कारण वुटवलबाट गन्तव्यका लागि हिँडेका सयौ सवारीका साधनहरु रिडी र सदरमुकाम तम्घासमा रोकिएका छन्।

यस्तै लगातारको वर्षाका कारण कालीगण्डकीसहित जिल्लाका विभिन्न नदी तथा खोलाहरुमा पानीको सतह बढेको छ।

प्रकाशित: २८ श्रावण २०७४ ०७:५२ शनिबार

जिल्लाका कच्ची सडक सबै अवरुद्ध