समाज

‘थापालाई स्पष्टीकरण सोध्नु अख्तियार दुरुपयोग’

अन्नपूर्ण मिडियाका अध्यक्ष रामेश्वर थापालाई नेपाल नागरिक उड्डयन प्राधिकरणले सोधेको स्पष्टीकरण पदीय अख्तियारीको दुरूपयोग रहेको मिडिया एलाइन्स नेपालको ठहर छ।

एलाइन्सले एक विज्ञप्तिमार्फत अन्नपूर्ण पोष्टमा प्रकाशित सामग्रीलाई लिएर प्राधिकरणले स्पष्टीकरण सोधेको विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै त्यसले पूर्ण प्रेस स्वतन्त्रता एवं विचार तथा अभिव्यक्ति स्वतन्त्रताको हकको ठाडो उल्लंघन भएको जनाएको छ।

‘हवाई सेवासम्बन्धी समाचारमा प्रकाशकीय अधिकार दुरूपयोग गरेको भन्दै सोधेको स्पष्टीकरण संविधानमा रहेको पूर्ण प्रेस स्वतन्त्रता एवं विचार तथा अभिव्यक्ति स्वतन्त्रताको ठाडो उल्लंघन हुनुका साथै सम्पादकीय स्वतन्त्रताको बर्खिलाप समेत रहेको देखिन्छ,’ एलाइन्सका महासचिव दिरेकलाल श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘स्वतन्त्र मिडियामाथि असंवैधानिक ढंगबाट भएको हस्तक्षेप भत्र्सनायोग्य छ।’

एलाइन्सले आफू संविधान, कानुन र विधिको शासनको पक्षधर रहेको उल्लेख गर्दै प्राधिकरण र त्यसको नेतृत्वबाट भएको गैरकानुनी कार्यको निन्दासमेत गरेको छ। 

प्रकाशित: ८ भाद्र २०८० ०१:३५ शुक्रबार

अन्नपूर्ण मिडियाका अध्यक्ष रामेश्वर थापा नेपाल नागरिक उड्डयन प्राधिकरणले सोधेको स्पष्टीकरण पदीय अख्तियारीको दुरूपयोग