समाज

सिन्धुलीमा पहिरोले घर पुर्दा एकै परिवारको चारको मृत्यु

सिन्धुली – लगातारको वर्षाका कारण गएराती २ बजे पहिरो जाँदा कमलामाइ नगरपालिका ६ मा एकै परिवारको चार जनाको मृत्यु भएको छ । नेपाल पत्रकार महासंघको जमिनमा टहरो बनाएर वस्दै आएका चार जनाको पहिरोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ।  

मृत्यु हुनेमा  २७ वर्षीया दुर्गा कुमारी खड्का, १५ वर्षीया शोभा खड्का, १० वर्षीय अनिस खड्का र  ८ वर्षका मनिष खड्का रहेका छन । शनिबार बिहान करिब २ बजे झरेको पहिरोले सुतिरहेको अवस्थामा ४ जनालाई पुरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनायो। 

घट्नामा सँगै सुतिरहेका उद्य बहादुर खड्का भने भागेर ज्यान जोगाउन सफल भएका छन् । शुक्रबार साँझ देखिनै परेको अविरल वर्षाका कारण शनिवार बिहान करिव २ बजेतिर पहिरो आउँदा परिवारको चारजनालाई पुरेको उदयले सुनाए । प्हिरोले एक्कासी घर थिचेको रहेछ । मैले थाहा पाउँदा चाजनालाई पुरिसकेको रहेछ उनले भने । लगातार दुई दिन देखि परिरेहको पानी सँगै जिल्ला प्रहरी कार्यालयले नयाँ भवन निर्माण गर्दा थुपारेको माटोले पहिरोको रुप लिँदा उक्त घटना घट्को हो।  

 

प्रकाशित: २८ श्रावण २०७४ ०२:५८ शनिबार

सिन्धुलीमा पहिरोले घर पुर्दा एकै परिवारको चारको मृत्यु