समाज

गुड्दागुड्दैको प्लसर बाइकमा अागलागी

सांकेतिक तस्विर

भक्तपुर— भक्तपुरको चाँगुनारायण नगरपालिका–५ छालिङमा आज गुड्दागुड्दैको मोटरसाइकल अचानक आगलागी भएको छ। बा ८४ प ८८९७ नम्बरको पल्सर मोटरसाइकल चढेर अजय हाकुजू घरतर्फ जाँदै गर्दा गुडिरहेकै मोटरसाइकलमा अचानक आगो लागेको हाकुजूले बताए।

स्थानीय प्रत्यक्षदर्शी जयराम दथेपुथेले गुडिरहेको मोटरसाइक अचानक आगोलागी भएपछि हाकुजू उफ्रिएर खेतमा खसेपछि मानवीय क्षति भने नभएको बताए। मोटरसाइकल जलेर पूर्णरुपमा क्षति भएको छ। रासस

 

प्रकाशित: २७ श्रावण २०७४ १४:४६ शुक्रबार

गुड्दागुड्दैको प्लसर बाइकमा अागलागी