समाज

द्रुत राजमार्ग आयोजना सेनालाई हस्तान्तरण, निर्माण लक्ष्य चार वर्ष

काठमाडौं—सरकारले काठमाडौँ–तराई÷मधेश दु्रतमार्ग सडक आयोजना नेपाली सेनालाई हस्तान्तरण गरेको छ। सरकारले गत वैशाख २१ गते राष्ट्रिय गौरवको उच्च प्राथमिकता प्राप्त दु्रतमार्ग सडक आयोजना नेपाली सेनाको व्यवस्थापनमा निर्माण गर्ने निर्णय गरेको थियो।

नेपाली सेनाका तर्फबाट इन्जिनीयरिङ विभाग तथा आयोजना प्रमुख उपरथी योगेन्द्रबहादुर खाँण र सडक विभाग मातहत तत्कालीन आयोजना प्रमुख सत्येन्द्र शाक्यबीच बुझबुझारथ भई आयोजना हस्तान्तरण भएको घोषणा आज गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

निकै महत्वाकांक्षी आयोजनाका रुपमा रहेको द्रुतमार्ग आगामी चार वर्षभित्र निर्माण गरिने लक्ष्य राखिएको छ। आयोजनाको प्रारम्भिक लागत रु एक खर्ब १२ अर्ब अनुमान गरिएको छ।

प्रकाशित: २७ श्रावण २०७४ १४:०८ शुक्रबार

द्रुत राजमार्ग आयोजना सेनालाई हस्तान्तरण निर्माण लक्ष्य