समाज

ट्याक्सी लुट्ने लुटेरा पक्राउ

भक्तपुर- भक्तपुर प्रहरीले एकजना लुटेरालाई शुक्रबार बिहान पक्राउ गरेको छ। महानगरीय प्रहरी प्रभाग खरिपाटी भक्तपुरको टोलीले मोरङ उर्लाबारी घर भई हालः काभ्रेको बनेपा बस्ने २६ वर्षीय माधवराज गौतमलाई पक्राउ गरेको हो।

लुटेका सामानहरुमध्ये नगद पाँच हजार नौ सय ७० र चाँदीको सिक्रीसहित साँखुबाट अन्दाजी पक्राउ गरी महानगरीय प्रहरी परिसर भक्तपुरमा ल्याइएको भक्तपुर प्रहरी परिसरका प्रवक्ता कृष्ण प्रसाईले जानकारी दिए।

काठमाडौं महानगरपालिका ७ बस्ने २६ वर्षीय सुमन दंगालले चलाएको बा२ख १२४९ नं को ट्याक्सी काठमाडौं कुमारीगालबाट खरिपाटी जाने क्रममा अन्दाजी पाँच बजेको समयमा भक्तपुर जिल्ला मुहानपोखरी नजिकै सोही ट्याक्सीमा सवार २ जना यात्रुले एकान्त स्थानमा पारी चालकको साथबाट नगद पाँच हजार नौ सय ७० र चाँदीको सिक्री, एक थान सामसङ मोबाइल र सुनको मुन्द्रा लुटपाट गरी फरार रहेका थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको र फरार अर्का एक जनालाई खोजतलास कार्य जारी रहेको प्रहरीले जनाएको छ। 

 

 

 

प्रकाशित: २७ श्रावण २०७४ ०९:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App