समाज

ढुंगाले लागेर बेलायती नागरिकको मृत्यु

म्याग्दी- मुस्ताङको खासाङ गाउँपालिका–४ घोप्टेभीरमा ढुंगा खसेर लाग्दा एक विदेशी नागरिकको ज्यान गएको छ। म्याग्दी र मुस्ताङको सीमानामा पर्ने भीरको माथिबाट खसेको ढुंगाले २२ वर्षीया बेलायती युवतीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

लेतेको घाँसाबाट पैदल मार्ग हुँदै म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको दानातर्फ आउँदै गरेकी charlotte immakatherinefufuller ton नाम गरेकी युवतीको टाउकोमा चोट लागेपछि घटनास्थलमै मृत्यू भएको मुस्ताङ प्रहरीका असई नविन कार्कीले बताए।

उनका अनुसार बिहीबार दिउँसो करिव ४ बजे भएको घटनामा अर्का एक जना घाइते भएका छन्। आफ्ना दाइसँग नेपाल घुम्न आएकी युवतीलाई हेलिकप्टरमार्फत पोखरा लैजाने तयारी भइरहेको छ। बिहीबार नै दानाको काभ्रे भीरमा पहिरोमा परेर जीपका चालक गम्भीर घाइते भएका छन्।

सडकको माथिल्लो क्षेत्रबाट लगातार खसिरहेको पहिरोले पैदलयात्रीका साथै यातायातका साधनमा समेत आवतजावत गर्ने यात्रुलाई जोखिम बनाएको छ।

 

प्रकाशित: २७ श्रावण २०७४ ०५:०४ शुक्रबार

ढुंगाले लागेर बेलायती नागरिकको मृत्यु