समाज

विषालु च्याउ खाँदा एकै परिवारका पाँचजना बिरामी

लहान – विषालु च्याउ खाँदा सिरहा गोलबजार नगरपालिकास्थित टुर्कियामा एकै परिवारका पाँचजना सिकिस्त बिरामी परेका छन्। 

स्थानीय सुरेन्द्र ठाकुरको घरमा बुधबार राति च्याउको तरकारी खाँदा उनका बहिनी ३५ वर्षीया शिवुकुमारी ठाकुर र २८ वर्षीया रुना ठाकुर, भाइबुहारी २२ वर्षीया सरस्वती ठाकुर तथा भान्जा आठ वर्षीय नितेश ठाकुर र दुई वर्षीया जेसिका ठाकुर सिकिस्त बिरामी परेका हुन्। 

सिकिस्त भएका पाँचैजनाको लहानस्थित हस्तीका पोलिक्लिनिक एण्ड डाइगनोसटिक सेन्टरमा उपचार भइरहेको उनको परिवारले जनाएको छ। 

राति घरमा च्याउको तरकारी पकाएर खाएको केहिबेरपछि सबैलाई वाकवाकी लागी बान्ता भएपछि उनीहरुलाई अस्पताल भर्ना गरिएको भएको हो । रासस 

प्रकाशित: २६ श्रावण २०७४ १३:०७ बिहीबार

विषालु च्याउ खाँदा एकै परिवारका पाँचजना बिरामी