समाज

होटलमा जुवाको खाल, १३ जुवाडे पक्राउ

वीरेन्द्रनगरमा जुवा तास खेलिरहेको अवस्थामा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोशाकमा खटिएको प्रहरीको टोलीले वीरेन्द्रनगर नगरपालिका- ३ एरिचोक नजिकै एक होटलबाट उनीहरूलाई पक्राउ गरेको हो।

गोप्य सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले उनीहरूलाई नगद २ लाख १९ हजार ९ सय रुपैयाँ सहित फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मण बहादुर शाहीले जानकारी दिए।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ६ भाद्र २०८० १६:४५ बुधबार