समाज

जुम्लाको सिंजामा केदारनाथ मेला हुने

जुम्लाको सिंजामा ऐतिहासिक केदारनाथ मेला भव्य रुपमा मनाइने तयारी गरिएकाे छ।

सिंजा गाउँपालिका- ४ मा अवस्थित ऐतिहासिक केदारनाथ मेलाको उद्घाटन नेपाल सरकारका संस्कृति, पर्यटन मन्त्री सुदन किरातीले गर्ने बताइएको छ।

गाउँपालिका अध्यक्ष-२ का वडा अध्यक्ष तथा प्रवक्ता तिर्थ वडले हरेक वर्ष भदौ १० गते देखी १२ गते सम्म ३ दिन दिन लाग्ने उक्त मेला यस वर्ष प्रचार प्रसारको हिसाबले स्थानीय सरकारबाट आयोजना गरिएको बताए।

उनका अनुसार महोत्सव सफल पार्न पवित्र स्थल केदारनाथ बुदबुदीमा सिजा गाउँकार्यपालिकाको बैठक सम्पन्न भई तयारी भइरहेको छ। ऐतिहासिक तर लुकेको सो धार्मिक क्षेत्रको थप प्रचार प्रसार गर्न तथा राज्यको ध्यानाकर्षण गर्न गाउँपालिकाले बृहत् महोत्सव गर्न लागेको हो।

महोत्सव स्थलमा मन्त्री किराती सहित भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिमप्रकाश शर्मा, जुम्लाबाट प्रतिनिधित्व गर्ने सांसदहरु, राजनैतिकदलहरु, जनप्रतिनिधिहरु, धार्मिक अगुवाहरु, जिल्ला स्थित सरोकार निकायहरु, तिर्थालुहरुको सहभागिता रहने छ।

एकादशीका दिनमा त्यहाँ बृहत् धार्मिक मेला लाग्ने, अन्य साना तिना मष्टाको थानको भारा सफा गर्ने, त्यहाँ नुहाएर अन्य गाउँका आ–आफ्ना थानमा जल लिएर जाने धार्मिक प्रचलन छ। कर्णाली मष्टोको मुहान समेत भएकाले केदारनाथ बुदबुदी जस्तै मष्टाका सयौँ धार्मिक मेला एकादशीपछि सुरु हुने सिंजा-६ का वडा अध्यक्ष लालबहादुर बुढाले बताए।

प्रकाशित: ६ भाद्र २०८० १५:२७ बुधबार

जुम्ला केदारनाथ मेला