समाज

दुर्घटनामा परेको बसबाट १६ यात्रुको उद्धार, केही यात्रुको मुत्यु (अपडेट)

काठमाडौंबाट पोखरा आउँदै गरेको बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै दुर्घटनामा परेको छ। बसबाट अहिलेसम्म १६ जना यात्रुको उद्धार गरिएको भएपनि केहीको मृत्यु भएको प्रहरीले बताएको छ। तर, मृत्यु हुनेको पुष्टि हुन बाँकी रहेको प्रहरीको भनाई छ।  

धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस दुर्घटनामा परेको हो। गजुरीबाट २ किलोमिटर पश्चिम चालिसे छहराबाट बस त्रिशुलीमा खसेको हो। ‘बसको आधा भाग पानीमा डुबेको छ,’ उनले भने, ‘उद्धारको काम भईरहेको छ। बसमा कति यात्रु थिए भन्ने यकिन भएको छैन।’

प्रकाशित: ६ भाद्र २०८० ०६:४५ बुधबार

बस पृथ्वी राजमार्ग