समाज

'६०१ संसाद्'लाई सर्वसाधारणले दले कालो टीका (भिडियो)

काठमाडौं- १६ दिनदेखि अनशनरत डा. गोविन्द केसीको समर्थन गर्दै युवाहरुले '६०१ सांसद'लाई कालो टीका लगाइदिएका छन्। गाईजात्राको अवसरमा राजधानीको वसन्तपुरमा आयोजित कार्यक्रममा उपस्थित सर्वसाधारणले ६०१ सांसद अंकित ब्यानरमा कालो टीका दलेका हुन्। 

उनीहरु ६०१ सांसदलाई ब्युँझाउनका निम्ति घन्टी पनि बजाएका थिए।  चिकित्सा शिक्षा सुधारको माग गर्दै डा. केसी अनशनमा बसेका हुन्।

प्रकाशित: २४ श्रावण २०७४ ०७:३० मंगलबार

६०१ संसाद्लाई सर्वसाधारणले दले टीका भिडियो