समाज

किशोरी बलात्कार अभियोगमा शिक्षक पक्राउ

महोत्तरी— १४ वर्षिया किशोरीलाई फकाई बलात्कार गरेको आरोपमा महोत्तरी प्रहरीले एक शिक्षकलाई पक्रेको छ। औरही गाउँ पालिका १ घर भएका २८ वर्षिया शिक्षक पेशासँग आवद्ध प्रमोद महतोलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरी प्रवक्ता डिएसपी दिपक पोखरेलले बताएको छ।

आरोपी महतोले श्रीप्रसाद सिंह उच्च मावि औरहीमा कक्षा ८ मा अध्ययनरत ती बालिकालाई एक वर्षअघि ट्युसन पढाउने गर्दथे। त्यही बेलादेखि उनले यौन शोषण गर्दै आएको खुलेको छ।

साउन १७ गते महतो ती बालिकालाई ललाईफकाई भारतको सितामढी स्थित साथीको घरमा लगेका थिए। सोही दिन साँझ बालिका घरमा नभेटिएपछि उनको परिवारजनले आफ्नी छोरीचेली हराएको भन्दै प्रहरीलाई जानकारी गराएको थियो।

हराएको भनिएकी बालिका खोज्दै जाँदा आरोपी शिक्षकले भारतमा बन्धक बनाएर राखेको सूचना प्रहरीले पाएको थियो। औरही प्रहरी चौकीबाट खटिएको प्रहरी टोलिले साउन २१ गतेका दिन आरोपी महतोसहित ती बालिकालाई सितामढीबाटै उद्धार गरी नेपाल ल्याएको थियो। आरोपी महतोले श्रीप्रसाद सिंह उच्च मावि औरहीमा कक्षा ८ मा अध्ययनरत ती बालिकालाई एक वर्षअघि ट्युसन पढाउने गर्दथे। त्यही बेलादेखि उनले यौन शोषण गर्दै आएको खुलेको छ।

बालिकालाई साउन १७ गते ललाई फकाई सितामढी लगेपछि उक्त घटनाको रहस्य खुलेको थियो। प्रहरीले उद्धार गरी ल्याएकी बालिकाको मेडिकल चेकजाँच गराइएको र रिपोर्ट आएपछि थप कुरा खुल्ने प्रहरीले जनाएको छ।

आरोपित शिक्षकलाई अहिले इलाका प्रहरी कार्यालय गौशालाको हिरासतमा राखिएको छ। उनीविरुद्ध जबर्जस्ती करणी तथा जीउमास्ने बेच्ने उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको डिएसपी पोखरेलले बताए।

प्रकाशित: २३ श्रावण २०७४ १३:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App