समाज

चितुवाको छाला र हड्डीसहित राेकाया पक्राउ

काठमाडौँं –  कालीकोटको कालीकोट पलाटा गाउँपालिका–८ का भक्तबहादुर रोकायालाई संरक्षित वन्यजन्तु चितुवाको छालासहित महानगरीय अपराध महाशाखाको प्रहरीले मंगलबार पक्राउ गरेको छ। 

अवैध वन्यजन्तु चितुवाको छालाको कारोबारमा संलग्न व्यक्तिहरूको खोजी गर्ने क्रममा काठमाडौं महानगरपालिका–२६ गोंगबु नयाँबसपार्कस्थित दिपशिखा सुर्खेत गेष्टहाउस एन्ड रेष्टुरेन्टको कोठा नम्बर २०५ मा रोकायाले बिक्री वितरण गर्ने उद्देश्यले राखेको अवस्थामा संरक्षित चितुवाको छाला एकथान र हड्डी एक थानसहित उनलाई प्रहरीले पक्राउ गरेको हो । 

रोकायालाई कारवाहीका लागि महाशाखाले बुधबार जिल्ला वन कार्यालय हात्तिसार काठमाडौं पठाएको छ । रासस 

प्रकाशित: १८ श्रावण २०७४ १४:०० बुधबार

चितुवाको छाला हड्डीसहित राेकाया पक्राउ