समाज

कल बाइपास गरेको आरोपमा पाँच पक्राउ

काठमाडौं-  अवैधरुपमा कल बाइपास गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले बनेपा नगरपालिका–७ गोदाम चोकबाट मंगलबार अवैध बल बाइपास संचालन गर्ने ५ जनालाई पक्राउ गरेको हो।

                पक्राउ पर्नेमा म्याग्दी मंगला गाँउपालिका–२ बस्ने २९ वर्षीय केशवराज पौडेल, काभ्रे रोशी गाँउपालिका–३ शिखर अम्बोटे बस्ने २२ वर्षीय विकाश लामा, सिपाली चिलाउने बस्ने ३२ वर्षीय विनोद कुमार मैनाली, चौरी देउराली गाउँपालिका–४ बस्ने २४ वर्षीय सुजन तामाङ र दोलखा फस्कु–८ रातमाटे बस्ने २४ वर्षीय अवि थापा रहेका छन्।

                केन्द्रीय अनुसन्धान ब्युरो र ईलाका प्रहरी कार्यालय बनेपाको संयुक्त टोलीले काभ्रे बनेपा नगरपालिका–७ गोदाम चोक स्थित डेरा गरी बस्ने केशवराज पौडेलको कोठा खानतलासी गर्दा कल वाईपासमा प्रयोग हुने उपकरण तथा सामानहरु ६४ पोर्टको टिपी लिङक राउटर थान, १ थान ल्यापटप र चार्जर, एनटिसी वाइफाइ को राउटर १ थान, माइक्रो मोडियम यु.पि.एस.१ थान, यु.एस.बि.मोडियम १ थान, मोबाइल ६ थान, स्मार्ट टेलको सिम कार्ड १ सय २० थान र नगद १७ हजार लगायतको सामान समेत बरामद गरेको छ। 

प्रकाशित: १८ श्रावण २०७४ ०६:५४ बुधबार

कल बाइपास गरेको आरोपमा पक्राउ