समाज

नागरिककर्मी रौनियार सम्मानित

काठमाडौं–१३ औं वाईवाई राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार २०७४ बाट नागरिक दैनिकी पत्रकार रूबी रौनियार र एडुखबर डटकमका सम्पादक श्रीधर पौडेल सम्मानित भएका छन्। पुरस्कारको राशि जनही ५ हजार एक रहेको छ।

सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा शिक्षा एवं उपाप्रधानमन्त्री गोपालमान श्रेष्ठले उक्त पुरस्कार प्रदान गरेका हुन् । नागरिककर्मी रौनियार विगत एक दशकदेखि शिक्षा क्षेत्रमा कलम चलाउँदै आएकि छिन् । शिक्षालयको प्रस्तुति तथा आजको आवाज मिडियाको आयोजनामा  सम्पन्न सो कार्यक्रममा उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले  शिक्षा क्षेत्रका विभिन्न क्षेत्रलाई समेटेर १२ विधामा अवार्ड प्रदान गरेका थिए।  स्कुल अफ दि इयर, गुडविल अचिभमेन्ट अवार्ड, कन्ट्रिब्यूसन अवार्ड, वेष्ट टिचर अवार्ड, डेडिकेसन अवार्ड, क्रिएटिभ अवार्ड, राइजिङ अवार्ड, एजुकेशन भिजन अवार्ड, वेष्ट प्रिन्सिपल अवार्ड, एजुकेशन जर्नालिष्ट अवार्ड गरि वाई वाई ज्ञान उदय पुरस्कार गरि जम्मा १२ विधामा अवार्ड प्रदान गरिएको छ।

कार्यक्रममा उत्कृष्ट शिक्षकको पुरस्कार बाफलमा रहेको ज्ञानोदय स्कुलका समाजिक शिक्षक गोविन्द भण्डारीले पाएका छन् । भण्डारी विगत १८ वर्षदेखि  शिक्षण पेसामा आवद्ध रहेका अस्थायी शिक्षक हुन्। यसैगरी पुल्चोकमा रहेको त्रीपद्म विद्याश्रम माविका मन्दीरा श्रैष्ठ र अनुसा थापामगरले यस वर्षको एसइई परीक्षामा ३.९ जिपिए प्राप्त गरि उत्कृष्ट छात्राको पुरस्कार प्राप्त गरेका छन् । पुरस्कारको राषि जनही २५ हजार रहेको छ ।

यसैगरि उत्कृष्ट प्रिन्सिपलको अवार्ड जेम्स स्कुलका प्रिन्सिपल बादल प्रधानले पाएका छन् भने उत्कृष्ट स्कुलको एवार्ड कीर्तिपुरमा रहेको जनसेवा माविले प्राप्त गरेको छ । यो स्कुल  सरकारी हो।

सोहि अवसरमा शिक्षा क्षेत्रमा  निरन्तर लामो समयसम्म योगदान पुर्याएवापत  डा.माधव बराललाई लाइफ टाइम एचिभमेन्ट अवार्डबाट शिक्षा मन्त्री श्रेष्ठले सम्मान गरेका थिए ।   

शिक्षा मन्त्री श्रेष्ठले शिक्षा क्षेत्रमा गरिने यस्ता सम्मानले भष्यिमा असल कामकोलागि उत्प्रेरणा प्रदान गर्ने जनाउँदै अस्थायी शिक्षको आन्दोलनको छलफलबाटै छिटै टुँगो लगाइने जनाए ।

प्रकाशित: १६ श्रावण २०७४ १३:५३ सोमबार

नागरिककर्मी रौनियार सम्मानित