समाज

ढुंगाले लागेर एकको मृत्यु

बझाङ- जयपृथ्वी नगरपालिका ७ मा भिरबाट ढुंगा खसेर लाग्दा एक जनाको मृत्यु भएको छ। बा ६४ प ६२१० नम्बरको पल्सल मोटरसाइकलमा मोदीबगरबाट सदरमुकाम चैनपुर तर्फ आउँदै गर्दा जयपृथ्वी नगरपालिका ७ को कचाली खोलाको भिरमा माथीबाट ढुंगा खस्दा बर्ष २६ का सुरेन्द्र खड्काको घटनास्थलमै मृत्यु भएको हो।

पोखरामा इन्जिनियरिङ पढ्दै गरेका खड्का जयपृथ्वी नगरपालिकाका मेयर विरेन्द्र खड्काका छोरा हुन्। साथीलाई भेटेर घर फर्कदैं गर्दा सडक माथी करिब २ सय मिटर माथीबाट खसेको ढुंगाले लाग्दा उनको मृत्यु भएको हो।

 

प्रकाशित: १६ श्रावण २०७४ १२:५२ सोमबार

ढुंगाले लागेर एकको मृत्यु