समाज

कर्मचारी अपहरण गरेको आरोपमा शिक्षक पक्राउ

सर्लाही- मालपोत कार्यालय महोत्तरीका नायब सुब्बालाई तीन पछि सर्लाही प्रहरीले सकुशल अपहरण मुक्त गराएको छ। सर्लाही, धनकौल ८ का ५० वर्षीय रामजी राय अपहरणमा परेका थिए।

गत बिहीबार मालपोत कार्यालय जलेश्वरबाट मोटर साइकलमा सर्लाही फर्किदै गरेका नायब सुब्बा राय अपहरणमा परेका थिए । बिदामा घर फर्किदै गर्दा आर्थिक लोभका कारण सर्लाही चक्रघट्टा–२ का बिरेन्द्र ठाकुरले भारतको सोनवर्षाबाट नायव सुब्बा रायलाई अपहरण गरेको प्रहरीले जनाएको छ।

बिदामा चिनजानका साथी रायसंग घर फर्किदै गर्दा आर्थिक लोभमा परेर आरोपित बिरेन्द्र रायले भारत सितामढी जिल्लो सोनवर्षा  ग्रामपंचायत फर्छैया ११ स्थित मन्जुर शेखको घरमा अपहरण गरी २८ लाख भारतीय रुपैयाँ फिरौती माग गरेका थिए।

पीडित परिवारले अपहरणकारीको फिरौती रकम दिन नसक्ने बताएपछि अपहरणकारीले अपरणमा परेका रायकी श्रीमती द्रोप्ती कुमारी यादवलाई १० लाख फिरौतीको चिठ्ठी दिएका थिए। फिरौती १० लाखको चिठ्ठी  अपहरण आरोपमा पक्राउ परेका बिरेन्द्र यादवले दिएको जानकारी प्रहरीले पाएपछि अनुसन्धान गर्दै जादा भारतीय प्रहरीको सहयोगमा रामजी रायलाई सर्लाही प्रहरीले उद्धार गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक सिताराम रिजालले बताए।

अपराणमा संलग्न सर्लाही धनगढा मा.वि.का शिक्षक बिरेन्द्र राय पक्राउ परेका छन्। उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा पठाइएको छ । अपहरणमा संलग्न भारत सितामाढी सोनवर्षा फर्छैया ११ का ४५ वर्षीय मंजुर शेष फरार छन्।

 

 

प्रकाशित: १४ श्रावण २०७४ १३:५९ शनिबार

कर्मचारी अपहरण गरेको आरोपमा शिक्षक पक्राउ