समाज

सुन तस्करी प्रकरणमा थप चारजना चिनियाँ नागरिक पक्राउ

सुन तस्करी प्रकरणमा थप चारजना पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले चारजना चिनियाँ नागरिकलाई पक्राउ गरेको प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुवेर कडायतले जानकारी दिए।

पक्राउ पर्नेमा टियान मी, वेन टोंग, डिंग सेग्फा र ली नेंगकिया छन्। उनीहरूलाई म्याद थपका लागि बुधबार काठमाडौं जिल्ला अदालतमा लगिएको छ।

योसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या २१ पुगेको छ।

प्रकाशित: ३१ श्रावण २०८० ११:२५ बुधबार

सुन तस्करी प्रकरण