समाज

लमजुङमा बस दुर्घटना, ३० घाइते

बेँसीशहर –  कास्कीको पोखराबाट लमजुङको कोलासोथार गाउँपालिकाको बालुवावेसीतर्फ आउँदै गरेको बस बिहीबार दुर्घटना हुँदा तीस यात्रु घाइते भएका छन्। 

ना५ख ६३९५ नं को बस कास्कीको मादी गाउँपालिका– ८ मा दुर्घटना हुँदा एकजना रुदी खोलामा बगेर बेपत्ता भएका छन् भने दुईजना बसभित्रै च्यापिएर रहेका स्थानीयवासी प्रवेश घिमिरेले जानकारी दिए। 

कास्की–लमजुङ सिमानामा रहेको रुदी खोलामा बस खसेपछि अहिले प्रहरी चौकी भोर्लेटारबाट प्रहरी टोली उद्धारका लागि घटनास्थलतर्फ गएको प्रहरी नायब उपरीक्षक समिरचन्द्र खरेलले जानकारी दिए। रासस 

प्रकाशित: १२ श्रावण २०७४ ०९:२९ बिहीबार

लमजुङमा बस दुर्घटना ३० घाइते