समाज

अवैध रुपमा ढुंगा झिक्न खोज्दा ट्याक्टर चालकको मृत्यु

उदयपुर – उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा चालकको घट्नास्थलमै मृत्यु भएको छ । गाईघास्थित बरुवाखोलाबाट ढुंगा निकालेर गाईघाटतर्फ ल्याउन लाग्दा ट्याक्टरको ट्रली पल्टेर इन्जिनसँग च्यापिएर त्रियुगा नगरपालिका ११ गाईघाटका मनोज परियारको निधन भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

विहान ११ः२० बजे त्रिनपा ११ कै चप्पनस्थित खोलाबाट ढुंगा लोड गरेर सडकतर्फ निकाल्ने क्रममा ट्रली पल्टेर इन्जिनको बीचमा च्यापिन पुग्दा २३ वर्षीय परियारको घट्नास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी प्रमुख एसपी नरबहादुर केसीका अनुसार चालकबाहेक ट्याक्टरमा अन्य भने कोही थिएनन् । 

मृतकको लास पोष्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुर ल्याइएको छ । ढुंगा झिक्न सरकारले अनुमति नदिए पनि अवैध रुपमा झिक्न गएको ट्याक्टर आत्तिएर भाग्न खोज्दा दुर्घट्ना हुन गएको एसपी केसीले बताएका छन् । 

प्रकाशित: ११ श्रावण २०७४ ११:४० बुधबार

अवैध रुपमा ढुंगा झिक्न खोज्दा ट्याक्टर चालकको मृत्यु