काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार अपराह्न उड्न लागेको एयर इन्डियाको जहाजमा समस्या देखिएको छ।
उड्न लागेको जहाजको ब्रेकमा समस्या देखिएपछि रनवेबाट अहिले पार्किङस्थलमा ल्याइएको विमानस्थलका प्रवक्ता सुवास झाले बताए।
उनले भने, जहाज उडान लागेको बेलामा रनवेमा प्रवेश गर्नासाथ ब्रेकमा समस्या आयो। ४: १० को उडान थियो। १ सय ८९ जना यात्रुहरु थिए। अहिले उहाँहरु जहाजबाट बाहिर आइसक्नु भएको। उहाँहरुलाई अर्को जहाजमा पठाउने की के गर्ने बिषयमा कुरा भइरहेको छ।
अहिले जहाजलार्य टेक्निकल समूहहरुले हेरिरहेको उनले बताए।
प्रकाशित: ३० श्रावण २०८० १२:०४ मंगलबार