समाज

हरायो मनसुने झरी, लागेन ‘निम्बोस्टाट्स’ बादल

काठमाडौं—‘मनसुन’ मा वार्षिक वर्षाको करिब ८० प्रतिशत पानी पर्छ । मनसुनको पनि सबैभन्दा धेरै पानी पर्ने समय असार १५ देखि साउन १५ बीचको एक महिना हो। जुलाईलाई मनसुनकै सबैभन्दा बढी पानी पर्ने महिना मानिन्छ। यसपटक जुलाईमा औसत र सामान्यभन्दा धेरै कम पानी परेको छ । जल तथा मौसमविज्ञान विभागको तथ्यांकले देशका अधिकांश क्षेत्रमा कम वर्षा भएको देखाउँछ। विभागका १४ वटा मौसम केन्द्रको २५ दिनको तथ्यांक केलाउँदा सबैभन्दा कम वर्षा क्रमशः विराटनगर, ओखलढुंगा, ताप्लेजुङ, सिमरा, नेपालगन्ज, काठमाडौं र भैरहवामा भएको छ  ।

विभागका यी केन्द्र वरपरका जिल्लामा समेत त्यही अवस्था छ । थप सातवटा केन्द्र दाङ, धनगढी, दिपायल, डडेलधुरा र जुम्लामा औसतभन्दा बढी पानी परेको छ । सुर्खेत र पोखरामा सामान्य वर्षा भएको छ । सबैभन्दा बढी पानी डडेलधुरा र धनगढीमा भएको छ।

‘जुलाईको २५ दिनको तथ्यांक हेर्दा पश्चिम क्षेत्रमा भन्दा पूर्वमा कम वर्षा भएको देखिन्छ’, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमाल भन्छन्, ‘हुन त अझै पा“च दिन बा“की छ तर पा“चै दिन वर्षा भए पनि औसत र सामान्यको हाराहारीमा आउन मुस्किल छ ।’ उनका अनुसार आगामी तीन दिनसम्म पनि मनसुन सामान्य रहन्छ । विगतका दुई÷तीन जत्तिकै वर्षा हुन्छ । यस वर्षको जुलाईमा औसत र सामान्यभन्दा कम वर्षा हुने अनुमान उनको छ ।

उनका अनुसार ‘निम्बोस्टाट्स’ बादल जमिनबाट नजिकै हुन्छ र फैलिएर बसेको हुन्छ । यसले धेरै क्षेत्रफल ओगटेको हुन्छ । ‘सिबीले हावाहुरी लिएर आउ“छ, निम्बोस्टाट्स शान्त हुन्छ, सिमसिम पानी मात्र पार्छ’, शाक्यले भने । उनका अुनसार तीन तहमध्ये पहिलो तहमा स्टाट्स, स्टाटोक्युमोलस, क्युमोलस, निम्बोस्टाटस, क्मोलोनिम्बस, दोस्रो तहमा अल्टो स्टाट्स, अल्टो क्युमोलस र तेस्रोमा सिरस, सिरोक्युमोलस र सिरोस्टाट्स बादल रहन्छन् ।

मौसमविद् संलग्न साउथ एसियन क्लाइमेट आउट लुक फोरमको आठौं बैठकले यस पटकको मनसुनमा नेपालको पूर्वी तराईमा धेरै र पश्चिममा थोरै वर्षा हुने अनुमान गरेको थियो । तर उनीहरूको अनुमानविपरीत पूर्वी पहाडी र तराई क्षेत्रमा कम तथा पश्चिम पहाडी र तराईमा धेरै पानी परेको छ ।

आखिर किन यस्तो भयो ? वरिष्ठ मौसमविद् तथा काठमाडौ विश्वविद्यालयका प्राध्यापक मणिरत्न शाक्य भन्छन्, ‘अहिलेको मनसुन विगतको भन्दा अलि फरक अनुभव गरेको छु । यसपटक झरी लागेको अनुभव भएको छैन । क्षणिक वर्षा मात्र भएको छ । यो समयमा दुई÷तीन दिन नियमित वर्षा हुनुपर्ने हो ।’

उनले सिमसिम पानी परिरहने दिन घटेको बताए । ‘सामान्य रूपमा हेर्दा १० मिलिमिटरभन्दा बढी पानी पर्ने दिन कम भइरहेका छन् । १०० मिलिमिटरभन्दा बढी तर थोरै समयका लागि पानी पर्ने दिन बढिरहेका छन्’, शाक्यले भने ।

उनका अनुसार मनसुनमा ‘निम्बोस्टाट्स’ बादल सक्रिय हुनुपर्छ । यो बादलले धेरै लामो समयसम्म सिमसिम पानी पार्छ । ‘तर अहिले यो बादल लागेको देखिएन’, शाक्यले भने । उनका अनुसार मनसुनमा पनि प्रारम्भिक मनसुनमा जस्तै क्युमोलोनिम्बस (सिबी) बादल सक्रिय छ ।

‘यसले क्षणिक वर्षा गराइरहेको छ । त्यसैले झरी हराएको अनुभव भएको छ’, शाक्यले भने । विश्वव्यापी रूपमा भएको मौसमसम्बन्धी अनुसन्धानले पनि त्यही देखाइरहेका छन् । ‘अन्तर्राष्ट्रिय तहका वैज्ञानिकले पनि नेपालमा मात्र होइन, मनसुन सक्रिय हुने सबै क्षेत्रमा यो बादल कम हुँदै गएको बताइरहेका छन्’, शाक्यले भने । 

उनका अनुसार ‘निम्बोस्टाट्स’ बादल जमिनबाट नजिकै हुन्छ र फैलिएर बसेको हुन्छ । यसले धेरै क्षेत्रफल ओगटेको हुन्छ । ‘सिबीले हावाहुरी लिएर आउ“छ, निम्बोस्टाट्स शान्त हुन्छ, सिमसिम पानी मात्र पार्छ’, शाक्यले भने । उनका अुनसार तीन तहमध्ये पहिलो तहमा स्टाट्स, स्टाटोक्युमोलस, क्युमोलस, निम्बोस्टाटस, क्मोलोनिम्बस, दोस्रो तहमा अल्टो स्टाट्स, अल्टो क्युमोलस र तेस्रोमा सिरस, सिरोक्युमोलस र सिरोस्टाट्स बादल रहन्छन् ।

फोरम बैठकले ‘लानिना’ सक्रिय र ‘इलनिनो’ निस्क्रिय हुनाले यस वर्षको मनसुनमा औसतभन्दा बढी वर्षा हुने निष्कर्ष निकालेको छ । फोरमले दक्षिण एसियाको मध्य तथा दक्षिण पश्चिम भेगमा बढी वर्ष हुने जनाएको छ भने पूर्वी तथा दक्षिणपूर्वी भेगमा औसतभन्दा कम वर्षा हुने जनाएको छ।

‘फोरमले गरेको पूर्वानुमान पनि नमिलेको हो कि जस्तो भयो’, शाक्यले भने । इलनिनो अघिल्लो वर्षमा जस्तै सक्रिय भएकाले पानी औसत र सामान्यभन्दा कम परेको उनको बुझाइ छ । विभागले तीस वर्षको वर्षाको तथ्यांकबाट औसत वर्षा निकाल्छ । औसत वर्षाको ९० देखि १ सय १० प्रतिशतसम्मलाई सामान्य भनिन्छ ।

यसटकको मनसुन लगभग नियमित समयमा जेठ २९ गते नेपाल भित्रिएको थियो । तर पनि यसको एक सातापछि मात्र यो सक्रिय भएको हो । सामान्यतया जुनदेखि सेप्टेम्बरसम्मका चार महिनाको अवधिलाई दक्षिण एसियाली मनसुनको अवधि भनिन्छ ।

फोरमको आठौं बैठकले गत वर्ष ‘इलनिनो’ प्रभावले गर्दा कम वर्षा भएको थियो । सन् २०१४ मा देखिएको इलनिनो सन् २०१६ सम्मै कायम रह्यो र खडेरी प¥यो ।  प्रशान्त महासागरमा पानी औसत तापमानभन्दा बढी तात्ने प्रक्रियालाई ‘इलनिनो’ भनिन्छ भने यसको ठिक विपरीत पानी चिसो हुने प्रक्रियालाई ‘लानिना’ भनिन्छ । लानिनाको प्रभाव देखा पर्ने बेला भूमध्यरेखास्थित प्रशान्त महासागरको पूर्वीे तथा मध्य क्षेत्रको सतहको पानी औसत तापमानभन्दा बढी चिसो हुने हुँदा त्यस क्षेत्रको वायुमण्डलीय चापमान सामान्य अवस्थामा भन्दा बढी हुन्छ।

हरायो मनसुने झरी लागेन निम्बोस्टाट्स बादल