समाज

नेपाल प्रहरीको 'मोष्ट वान्टेड' सूचिमा रहेका बेकर ग्रिसमा पक्राउ

काठमाडाैं- बन्यजन्तु अपराधमा नेपालले इन्टपोलमार्फत खोजी गरिरहेको अमेरिकी नागरिक इयान बेकर ग्रिसमा पक्राउ परेको खुलेको छ। महानगरीय प्रहरी अपराध महाशाखाले बालुवाटारमा रहेको उनको डेरामा छापा मारेर बन्यजन्तुका अंग र प्राचीन सामाग्री फेला पारेदेखि उनी फरार थिए।

२० दिन अगाडि उनी ग्रिसमा पक्राउ परेपछि इन्टरपोलमार्फत नेपाल प्रहरीलाई जानकारी गराएको प्रधान कार्यालयका एक उच्च अधिकारीले पुष्टि गरे। बेकरको पक्राउपछि उनी नेपाल प्रहरीले समेत खोजी गरिरहेको खुलेपछि ग्रसमा रहेको इन्टरपोलको शाखाले नेपालमा रहेको इन्टरपोल शाखामा जानकारी गराएपछि उनी सम्बन्धी कानुनी सामाग्री ग्रिस पठाएर उनलाई नेपाल ल्याउने प्रयास भइरहेको ती अधिकारीले जानकारी दिए।

९ वर्षदेखि प्रहरीले खोजि गरेपनि उनी पक्राउ परेका थिएनन्।

 

प्रकाशित: १० श्रावण २०७४ १६:५७ मंगलबार

नेपाल प्रहरीको मोष्ट वान्टेड सूचिमा रहेका बेकर ग्रिसमा पक्राउ