समाज

चोरीको आरोपमा महिलामाथि दुरव्यवहार

बर्दिया– आठ हजार चोरेको आरोपमा स्थानीयहरुले एक महिलालाई कालोमोसो दल्दै जुत्ताको माला लगाएर दुरव्यवहार गरेका छन् । बारबर्दिया नगरपालिका – ९ खैरेनीकी २५ वर्षीय गीता शाहीलाई दुरव्यबहार गर्दे स्थानीयले कालोमोसो दलेका थिए ।
आठ हजार चोरेको आरोप लगाउने स्थानीय सकुनी चौधरीलाई प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । ‘कालोमोसो लगाएर दुरव्यवहार गर्नेलाई पक्राउ गरिनेछ । हाल आठ हजार चोरीको आरोप लगाएर स्थानीय महिलामाथि दुरव्यवहार गर्ने सकुनी चौधरीलाई अनुसन्धानको लागि नियन्त्रणमा राखिएको छ,‘एसपी भरतबहादुर बोहराले भने,‘ कालोमोसो लगाउने र चोरी गर्ने दुबैलाई चोरी र सार्वजनिक अपराध मुद्दा दर्ता गरी कारबाहीको प्रक्रिया अघि बढाइएको छ ।’

 

प्रकाशित: १० श्रावण २०७४ ११:३० मंगलबार

चोरीको आरोपमा महिलामाथि दुरव्यवहार