समाज

सोलुखुम्बुको यातायात सदरमुकाममा सीमित

सोलुखुम्बु – साउने झरीसँगै सुरु भएको बाढी र पहिरोका कारण सोलुखुम्बुका ग्रामिण सडकहरु ठप्प भएका छन् । जिल्लाका आधा दर्जन भन्दा बढी ग्रामिण सडक साउने झरीले हिलाम्मे बनाएपछि प्रभावित भएपछि सवारी साधनहरु संञ्चालन हुन नसकेका छैनन्।
सोलुखुम्बुको नेले हुँदै रोक्ती, काँकु, बासा, जुनवेसी, नेचाँ हुँदै सल्यानसम्म जाने सडक लगातारको वर्षाले हिलाम्मे पारेपछि सवारी साधान संञ्चालनमा कठिन भएको छ । यसअघि सोलुखुम्बुको नेले हुँदै रोक्तीसम्म सवारी जाने गरेपनि अहिले सडक हिलाम्मे भएपछि नेले बजारसम्म मात्रै सवारी जाने गरेको यातायात व्यवसायीहरुले बताएका छन् ।
यातायात व्यवसायी उपेन्द्र श्रेष्ठले भने, ‘जिल्लाको सबै स्थानका ग्रामिण सडकसम्म सवारी पुग्दैनन्, केही स्थानसम्म पनि जोखिमपुर्ण सवारी साधन चलाउनु पर्ने बाध्यता छ ।’
सडक अवरुद्ध हुँदा ग्रामिण भेगका गाउँमा खच्चड र मानिसलाई बोकाएर सामान ढुवानी गर्नुपर्ने हुन्छ । व्यवसायीहरुले खुम्बु क्षेत्र, कोसी पारीका गाविस र सडक पँहुच नभएका गाउँहरुमा करिब २ हजार खच्चड मार्फत ढुवानी गर्ने गरेका छन् । सदरमुकामबाट तराई तथा काठमाडौ जोड्ने मुख्य सडक मात्रै कालोपत्रे भएको छ ।
यसअघि सोलुखुम्बुको नेले हुँदै रोक्तीसम्म सवारी जाने गरेपनि अहिले सडक हिलाम्मे भएपछि जोखिम मोलेरै नेले बजारसम्म सवारी जाने गरेको यातायात व्यवसायीहरुले बताएका छन् । त्यस सडकखण्डमा बस संञ्चालन ठप्प भएको छ ।
नेचासम्म पुग्ने जिप अहिले सल्यानको ठाँटीसम्म मात्रै जाने गरेको छ । सडकको पँहुच नपुग्दा विकट क्षेत्र बुङ, छेस्काम, गुँदेलका सर्वसाधारणहरु तीन दिनसम्म लगाएर सदरमुकाम हिडेर आउनुपर्ने बाध्यता छ । सोलुखुम्बुको सदरमुकाम सल्लेरीबाट ओखल्ढुंगा हुँदै तराई तथा काठामाडौ जाने मुख्य सडक कालोपत्रे भएको छन् ।

 

प्रकाशित: १० श्रावण २०७४ १०:३१ मंगलबार

सोलुखुम्बुको यातायात सदरमुकाममा सीमित