समाज

अमेरिकामा मृत्यु भएका अल्ट्राधावकको शव नेपाल ल्याइयाे

प्रधानमन्त्री शेरबहादुर देउवाले अल्ट्रा धावक सञ्जय पण्डितको पार्थिव शरीर श्रद्धाञ्जलि दिदैं ।

काठमाडौं – गत असार २ मा हिमाल आरोहणको क्रममा अमेरिकामा निधन भएका अल्ट्रा धावक सञ्जय पण्डितको शवलाई नेपाल ल्याइएको छ।
झण्डै ४० दिनमा नेपाल ल्याइएको उनको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप)मा राखिएको छ।

वासिङटन डिसीस्थित नेपाली दुतावासको पहलमा उनको पार्थिक शरीर नेपाल ल्याइएको हो ।

झण्डै २० हजार तीन सय १० फिट उचाई रहेको हिमाल आरोहणको क्रममा हाई अल्टिच्युटका कारण पण्डितको निधन भएको थियो ।

नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, गगन थापा माओवादी नेता एवं गृहमन्त्री जनार्दन शर्मा एवं खेलाडीहरु राखेप परिसर पुगेर उनलाई अन्तिम श्रद्धान्जलि दिएका छन्।

अलास्का राज्यस्थित उत्तर अमेरिकाको सबैभन्दा ठूलो हिमाल डेनालीको आरोहणको क्रममा धावक पण्डितको निधन भएको थियो । झण्डै २० हजार तीन सय १० फिट उचाई रहेको हिमाल आरोहणको क्रममा हाई अल्टिच्युटका कारण पण्डितको निधन भएको थियो ।

उनी एभरेष्ट टु डेनाली २०१७ अभियान अन्तर्गत डेनाली हिमाल आरोहण गर्न गएका थिए। उनको शव अाजै प्युठान लगेर टिकुरीमा अन्त्येष्टि गरिँदैछ।

प्रकाशित: १० श्रावण २०७४ ०८:२० मंगलबार

अमेरिकामा मृत्यु भएका अल्ट्राधावकको शव नेपाल ल्याइयाे