रौतहट प्रहरीले सवारी ज्यान मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले गस्ती गर्ने क्रममा यमुनामाई गाउँपालिका-४ का रामबालक साहलाई दुर्गा भगवती गाउँपालिका-१ पिपरा बजारबाट पक्राउ गरेको हो।
सवारी ज्यान मुद्दाका फरार अभियुक्त साहलाई पक्राउ गरी जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी डिएसपी उमाशंकर प्रसाद यादवले जानकारी दिए।
प्रकाशित: २९ श्रावण २०८० १३:५४ सोमबार