समाज

संस्कृत विश्वविद्यालय कर्मचारी संघमा जोशी

काठमाडौं—नेपाल संस्कृत विश्विद्यालय कर्मचारी संघको केन्द्रीय कार्यालय दाङमा साउन पहिलो साता सम्पन्न नवौ महाधिवेशन बाट रमेश प्रसाद जोशीको अध्यक्षतामा १९ सदस्यीय नया कार्यसमिति निर्विरोध निर्वाचित भएको छ।

एक व्यक्ति एक मतका आधारमा श्रावण १२ मा हुने निर्वाचनका लागि ६ गते उम्मेदवारी दर्ता गर्दा अरु कुनै प्यानल को उम्मेदवारी नपरेपछी जोशी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन्।

यसैगरी उपाध्यक्षमा भेष बहादुर निरौला र राजविक्रम आर सी, महिला उपाध्यक्ष मा मधुमालती अधिकारी, महासचिव मा केशव गौतम, सचीव मा माधव प्रसाद पोख्रेल र रेखा घिमिरे तथा काेषाध्यक्षमा पदम बहादुर वली गरि ११ जना सदस्य हरु निर्विरोध निर्वाचित भएका छन्।

प्रकाशित: ९ श्रावण २०७४ १२:२० सोमबार

संस्कृत विश्वविद्यालय कर्मचारी संघमा जोशी