समाज

शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा सिटिजन्स बैंकका ६ कर्मचारी पक्राउ

शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा सिटिजन्स बैंकका ६ जना कर्मचारी पक्राउ परेका छन्।

 शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा सोमबार सिटिजन्स बैंकका ६ जना कर्मचारी पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले नागरिक न्यूजलाइ जानकारी दिए।

एसएसपी कार्कीले भने, 'शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा उहाँहरुलाई रुपन्देहीबाट पक्राउ गरिएकाे हो। अहिले उहाँहरुलाई काठमाडौं ल्याइरहेका छौं। एक जना ल्याइसकेका छौ अन्य ५ जनालाई ल्याइरहेका छौं। पक्राउ पर्ने सबै सिटिजन्स बैंकको हो की होइन भन्ने कुरा काठमाडौं आइपुगेसी थाहाँ हुन्छ।' 

प्रकाशित: २९ श्रावण २०८० १२:४० सोमबार

सिटिजन्स बैंक शैक्षिक प्रमाणपत्र