समाज

बाग्लुङमा जीप दुर्घटना, चार जनाको घटनास्थलमै मृत्यु

दुर्घटना भएर खसेको जीप

बाग्लुङ— जिल्लाको बडिगाड गाउँपालिका—५ ग्वालीचौरमा जीप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा परी ७ जना घाइते भएका छन्। ध १ ज १८४ नम्बरको जीप ग्वालीचौरको वादिपमा दुर्घटना हुँदा चालकसहित चार जनाको घटनास्थलमै मृत्य भएको प्रहरीले जनाएको छ।

ध १ ज १८४ नम्बरको जीप ग्वालीचौरको वादिपमा दुर्घटना हुँदा चालकसहित चार जनाको घटनास्थलमै मृत्य भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाग्लुङ प्रवक्ता डिएसपी अनिलकुमार खड्काका अनुसार जलजलाबाट खर्बाङतर्फ आउँदै गरेका जीप बादिपमा दुर्घटना भई करिब ७ सय मिटर तल खसेको छ। जीपमा जीपका धनीसहित ११ जना सवार रहेको बताईएको छ।

मृतक तथा घाईतेको परिचय खुल्न बाँकी छ। साँघुरा घुम्ती र हिलो सडक भएका कारण चिप्लेर दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि अन्यत्र रिफर गर्ने तयारी भैरहेको स्थानीय प्रहरी चौकी खारले जनाएको छ।

प्रकाशित: ९ श्रावण २०७४ ०५:३९ सोमबार

बाग्लुङमा जीप दुर्घटना जनाको घटनास्थलमै मृत्यु