समाज

पूर्वराजा शाह अस्पतालबाट डिस्चार्ज

पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौँ—मुटुको धमनीमा समस्या भएपछि उपचारको लागि बुधबार भर्ना हुनुभएको पूर्वराजा ज्ञानेन्द्र शाह आज अस्पतालबाट घर फर्किएका छन्।

थापाथलीस्थित नर्भिक अन्तरराष्ट्रिय अस्पतालले उहाँको स्वास्थ्य अवस्थामा सुधार आएपछि डिस्चार्ज गरेको हो। पूर्वराजा शाहको कोरोनरी एन्जियोग्राम गर्दा मुटुको एउटा नशामा अवरुद्ध देखिएपछि एन्जियोप्लाष्टी गरिएको थियो।

अस्पतालमा कार्यरत चिकित्सक, नर्सले पुष्पगुच्छा प्रदान गर्दै शाहलाई बिदाइ गर्नुभएको थियो। रासस

प्रकाशित: ६ श्रावण २०७४ १४:१५ शुक्रबार

पूर्वराजा शाह अस्पतालबाट डिस्चार्ज