समाज

दोलखामा निङ्ग्रो टिप्न गएका बाबुछोरा पहिरोमा बेपत्ता

आइतबार दिनभरको अविरल वर्षा पछि आएको पहिरोले बगाउदा जिल्लाको विगु गाउँपालिका ७ स्थित विगु गाउँमा निङ्ग्रो टिप्न गएका २ जना बेपत्ता भएका छन्।

प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले विगु ७ मा गएको पहिरोले गाउँको तिनपाटे पाखामा निङ्ग्रो टिप्न गएका दुई जनालाई बगाएर अम्माडोल खोलामा पुर्याएको र उनीहरु हराइरहेको खबर प्रशासनलाई आएको  बताए।

'केही बेर अघिको घटना हो' उनले भने, 'गाउँबाट खबर आउनेबितिकै सुरक्षाकर्मीको टोली परिचालन भइसकेको छु।' 

वडा कार्यालयका सहायक राजन बस्नेतले घटनामा परी निङ्ग्रो टिप्न गएका स्थानीय निमदोर्जे शेर्पा र उनका अन्दाजी ८ वर्षका छोरा हराएको बताए।

निङ्ग्रो टिप्दै गर्दा पहिरोले सोरेर अम्माडोल खोलामा पुर्याएको र उनीहरु हराएको बस्नतले सुनाए। नजिकका गाउँलेले देखे पछि घटनाबारे थाहा भएको र आफूहरु त्यस तर्फ गइरहेको उनले बताए।

प्रकाशित: २८ श्रावण २०८० ०९:१३ आइतबार

अविरल वर्षा पहिरो विगु गाउँपालि