समाज

गम्भीर घाइते प्रहरीको हेलिकप्टरबाट उद्धार

हेटौंडा –  सवारी दुर्घटनामा गम्भीर घाइते भएका प्रहरी सहायक निरीक्षक(असई) गेहेन्द्र बुढाथोकीलाई हेलिकप्टरबाट काठमाडौं लगिएको छ । हेटौंडाको चुरेहिल अस्पतालले रिफर गरेपछि उनलाई काठमाडौंको ग्राण्डी अस्पताल पठाइएको हो ।

बेहोस भएका उनको भेन्टीलेटरमा उपचार गराउँदा पनि खासै सुधार नभएपछि काठमाडौं पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक बामदेव गौतमले जानकारी दिए।

वडा प्रहरी कार्यालय हेटौंडामा कार्यरत ४५ वर्षीय बुढाथोकी आफ्नो घर हेटौंडा–८, कमाने जाँदै गर्दा स्कुटीको ठक्करबाट गम्भीर घाइते भएका हुन् । हिजो साँझ ६ बजेतिर ना.२४प. १०२९ नम्बरको स्कुटीले ठक्कर दिदा बुढाथोकीसँगै चालक पनि घाइते भएका हुन्। स्कुटीका चालक स्थानीय १७ वर्षीय दावा स्याङ्वो लामाको चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ६ श्रावण २०७४ ०९:०७ शुक्रबार

गम्भीर घाइते प्रहरीको हेलिकप्टरबाट उद्धार