समाज

भरतपुरमा अझै केही दिन विद्युत सेवा अवरुद्ध रहने

भरतपुर क्षेत्रमा अझै केही दिन विद्युत सेवा नियमित सञ्चालन नहुने भएको छ। नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका अनुसार भरतपुरस्थित बसेनीमा रहेको ग्रिड सवस्टेशनको ट्रान्सफर्मर जलेका कारण भरतपुरका विभिन्न क्षेत्रमा विद्युत सेवा अबरुद्ध हुने भएको हो।  

१३२/११ केभि/२२ एम भिए पावरका दुई वटा ट्रान्सफर्मर मध्ये एउटा जलेपछि नियमिति विद्युत सेवामा समस्या आएको वितरण केन्द्रले जानकारी दिएको छ। सवस्टेसनको ट्रान्सफर्मर जलेपछि भरतपुर क्षेत्रमा केहीदिन यता पनि पटक पटक विद्युत सेवामा अनयिमिता हुँदै आएको छ।  

जलेको ट्रान्सफर्मर फेर्न भारतबाट अर्को ल्याइएको छ। सो ट्रान्सफर्मर जडान नहुँदासम्म समस्याको समाधान नहुने बताईएको छ। नयाँ ट्रान्सफर्मर जडान गर्न अझै तीन/चार दिन लाग्ने कार्यालयले जानकारी दिएको छ। यस्तै, आज टाइगरचोक–सिताराम चोक– तोरीखेत कैलाश नगर क्षेत्रमा दिनभर विद्युत सेवा अवरुद्ध हुने भएको छ। हुलाकी राजमार्ग क्षेत्र विस्तारको क्रममा विद्युत पोल सार्नु परेकाले सो क्षेत्रमा ९ बजेदेखि ३ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने विद्युत प्राधिकरणका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिए। भरतपुर क्षेत्रमा पटक पटक विद्युत सेवा अवरुद्ध हुँदा सेवाग्राही समस्यामा परेका छन्।

प्रकाशित: २६ श्रावण २०८० ०३:२५ शुक्रबार

तीन/चार दिन विद्युत सेवा अवरुद्ध रहने